दफा ४१
मतदान केन्द्रमा प्रवेश
(१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैनः–
(क) मतदाता,
(ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,
(ग) समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलकोनिर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,
(घ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
(ङ) आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,
(च) मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालक,
(छ) दृष्टिविहीन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतदान केन्द्रको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैन ।
(३) मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदान गर्न बाँकी मतदाता बाहेक मतदानको समय समाप्त भएपछि अन्य मतदाताले मतदान केन्द्रमा प्रवेश गर्न वा त्यहाँ रहन पाउने छैनन्।